साइमन स्पोर्ट्स क्लब कालिका–८ विजयी बँदै उपाधि हात पार्न सफल

कालिका–८ गैरीबारीमा दोस्रो स्व. पहलाल श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिता सम्पन्न

कालिका । कालिका वडा नं –८ (गैरीबारी)मा आयाेजना गरिएकाे
दोस्रो स्व. पहलाल श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिता आज सफलतापूर्वक सम्पन्न भएको छ। २०८२ कार्तिक २२ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा आयोजक साइमन स्पोर्ट्स क्लब कालिका–८ र अभिशेख चर्च भिडेका थिए।

निर्धारित समयसम्म दुवै टोलीले १–१ गोल गर्दै खेल बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमार्फत नतिजा निर्धारण गरिएको थियो। पेनाल्टीमा साइमन स्पोर्ट्स क्लब कालिका–८ विजयी बँदै उपाधि हात पार्न सफल भयो।

विजेता टोलीले नगद ५१,१११ रुपैयाँ, ट्रफी, मेडल र सम्मानपत्र प्राप्त गर्‍यो भने उपविजेता अभिशेख चर्चले नगद २५,५५५ रुपैयाँ, ट्रफी, मेडल तथा सम्मानपत्र प्राप्त गर्‍यो।

पुरस्कार वितरण कालिका नगरपालिका उपप्रमुख विमला तामाङ, कालिका–८ का वडाअध्यक्ष चित्रबहादुर मगर र कार्यक्रम संयोजक सजिन श्रेष्ठले गर्नुभएको थियो।

 

Share:

सम्बन्धित समाचारहरु