कोटेश्वरको भाटभटेनीमा लुटपाट, प्रहरीलाई बोलाउँदा पनि नआएको गुनासो

१५ चैत, काठमाडौं । प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन् ।

राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह सुरक्षागार्डलाई हातपात गर्दै भाटभटेनी सुपरस्टोर भित्र प्रवेश गरेको थियो । त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेको थियो ।

 

सुरक्षा माग गर्दै प्रहरीलाई बोलाउँदा पनि नआएको सञ्चालकको गुनासो छ । ‘३ः५८ बजे आईजीपीलाई फोन गरियो । तर अहिलेसम्म कोही आइपुगेन,’ भाटभटेनी स्रोतले भन्यो ।

सो समूहले तीनकुने नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको छ ।

 

आक्रोशित समूहका व्यक्तिहरु कोटेश्वरका गल्ली–गल्ली हिँड्दै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडातर्फ पनि अगाडि बढेका छन् । उनीहरुले कारमा आगजनी र एउटा मोटरसाइकलमा तोडफोड समेत गरेका छन्  -00 –

 

Share:

सम्बन्धित समाचारहरु