काठमाडौं, १५ चैत्र। राजावादी कार्यकर्ताले प्रदर्शन स्थल वरिपरी यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि कफर्यु आदेश जारी गरिएको छ ।
प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौंका तीन स्थानमा कफ्यू लगाइएको हो ।
कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्को आदेश हुँदासम्म कर्फ्यू जारी रहनेछ ।–00—


