काठमाडौं,११ चैत्र । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि नै सरकारले हटाउनुभन्दा अगाडि तीनपटक स्पष्टीकरण सोधेको थियो ।
यसैबीच सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
शाक्य यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्राधिकरणका निर्देशक बनेका थिए ।


