रवि लामिछाने सक्रिय राजनीतिमा यूटर्न हुने तरखरमा, राष्ट्रिय स्वतन्त्र पार्टीको तयारी के छ ?

काठमाडौं, ११ चैत्र । हिजोआज राष्ट्रिय स्वतन्त्रपार्टी ( रास्वपा) का सभापति रवि लामिछाने गुमनाम जस्तैछन् । सहकारी प्रकरणमा मुछिएपछि उनको राजनीति सामान्य रहेन । सम्पति शुद्धिकरणमा समेत उजुरी परेपछि संसदमा समेत उनको उपस्थिती छैन ।

राजनीतिक रुपमा निस्कृय बनेपछि पार्टीका नेता कार्यकर्ताहरु समेत निरासहुँदैगएका थिए । तर पछिल्लो पटक लामिछाने पुन राजनीतिमा सक्रियहुने तयारीमा छन् । उनलाई पार्टीमा पुन सक्रिय गराउने तयारी भइरहेको छ । सहकारी मुद्दामा पक्राउ परेपश्चात् उनी राजनीतिक रुपमा निष्क्रिय बनेका थिए ।

 

लामिछानेविरुद्ध सरकारले चार वटा जिल्ला अदालतमा एउटै प्रकृतिको मुद्दा हालेको छ । ती चार वटै अदालतले धरौटीमा छोडेपछि रवि पार्टीमा फर्किने बाटो खुलेको थियो । मुद्दा चल्दाचल्दैको अवस्थामा पनि पार्टी सम्हाल्न उनलाई कानूनी र राजनीतिक रुपमा समस्या छैन । यद्यपि, जिल्ला अदालतहरूको फैसलाविरुद्ध पुनरावेदन गर्ने चटारो र पर्सामा पनि सरकारले मुद्दा हाल्ने प्रतीक्षामा उनले पार्टी नेतृत्व सम्हाल्ने हतारो देखाएका थिएनन् ।

रविविरुद्ध पर्सा प्रहरीले पनि सहकारी ठगीमा अनुसन्धान गरेको थियो । तर, अहिलेसम्म मुद्दा चलाइएको छैन । प्रहरीले मुद्दा चलाउने आदेश नआएको बताइरहेको छ । चार वटा अदालतले धरौटीमा छोडेकाले सरकार पर्सामा मुद्दा चलाउन हच्किएको वा ‘जसरी पनि जेल हाल्ने गरी’ अरू कुनै रणनीति बनाइरहेको आशंका रविले गरेका छन् । यो बीचमा राजावादी आन्दोलन चर्किन थालेपछि सरकारको ध्यान यतातिर मोडिएको छ ।

 

रविको हिरासतवास लम्बिएपछि रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो । अर्यालले कार्यवाहक सभापतिको रूपमा अहिले पार्टीको नेतृत्व गरिरहेका छन् । पार्टीका बैठकहरू उनले डाक्ने गर्छन् ।

रास्वपा सचिवालय बैठकले चाँडै केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरिसकेको छ । यद्यपि, बैठकको तिथि तय भइसकेको छैन । केही दिनभित्र बस्ने बैठकले अर्यालको कार्यवाहक भूमिका निष्क्रिय बनाउने र उपसभापतिकै पूर्ववत् भूमिकामा फर्काउने स्रोतले बतायो ।

‘केन्द्रीय समितिले उहाँलाई कार्यवाहक बनाउने निर्णय गरेकाले त्यो निष्क्रिय बनाउने निर्णय पनि केन्द्रीय समितिले नै गर्नुपर्छ, त्यसपछि मात्रै रविजी फर्किने ढोका खुल्छ,’ स्रोतले भन्यो ।

केन्द्रीय समितिले निर्णय लिए लगत्तै सोही बैठकमा रवि सहभागी हुन सक्नेछन् । यसको सन्देश उनले पार्टीमा प्रवाहित गरिसकेको स्रोतको भनाइ छ ।—00—

 

Share:

सम्बन्धित समाचारहरु