एलाइन्स चितवन शाखाका अध्यक्ष किशोर खनालका अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा अध्यक्ष खनालले मानवअधिकारको रक्षार्थमा स्थानीय तह निरन्तर लाग्नुपर्ने र कहीँकतै चुक्न नहुने बताए ।
चितवनका सात वटै पालिकामा पालिकास्तरीय भेला गरेर कमिटी गठन गर्ने अध्यक्ष खनालको भनाइ छ । खनालले मानवअधिकारको रक्षामा यसका रक्षकहरु सदैव लाग्नुपर्ने बताए ।
कार्यक्रमका प्रमुखअतिथि रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले मानवअधिकार घरबाट सुरू हुने बताए । उनले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन भएकोतर्फ सचेत बन्नुपर्ने बताए । यस्तै, मानवअधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अधिवक्ता मुकुन्द दाहालले प्रशिक्षण दिएका थिए । कार्यक्रमका अर्का वक्ता गोपीप्रसाद नेपाल, बागमती प्रदेश सदस्य कोपिला दुवाडीलगायतले मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन सचिव चन्द्रकान्त ओझाले गरेका थिए ।–00–


