कालिका, १२ पौष । भीमोदय नमुना माध्यमिक विद्यालयले भोली ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदैछ । कालिका वडा नं. ५ मा रहेको यो विद्यालयको इतिहास अन्य विद्यालय भन्दा फरक छ । पुरानो पदमपुरमा स्थानीयले भैलो खेलेर यो विद्याल स्थापना गरिएको इतिहास छ ।
स्वर्ण महोत्सव समेत मनाइसकेको विद्यालयले आफ्नो ५४ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजनागरेर मनाउँने तयारी गरेको छ । भोली एक समारोहका बीच कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले वार्षिकोत्सवको उद्घाटनगर्नुहुने कार्यक्रम छ ।
कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । अतिथि आमन्त्रणदेखि स्टेज सजावट, कार्यक्रम सेडुल तयार लगायत अन्य सम्पूर्ण पूर्व तयारी पुरा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालजी गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा पाहुनाहरुको शुभकामना मन्तव्य, छात्रवृत्ति वितरण, शैक्षक तथा आर्थिक प्रतिवेदन प्रस्तुत, पुरस्कार वितरण, अक्षयकोष छात्रवृत्ति वितरण लगायतका कार्यक्रमहुनेछन् ।

वार्षिकोत्सवलाई लक्षित गरेर विद्यालयले आन्तरिक खेलकुद कार्यक्रम, नगरस्तरीय कक्षा ६ देखि ८ सम्मका भाइ वहिनीहरुबीच वक्तत्वकला प्रतियोगिता, घैटो फुटाई प्रतियोगिता, अभिभावकबीच डोर तान्ने प्रतियोगिता, नगरस्तरिय ९ कक्षा देखि १२ कक्षा सम्मका भाइबहिनीहरुबीच हाजिरी जवाफ प्रतियोगिताहरु आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ पौडेलले जानकारी दिनुभयो ।
भोली कार्यक्रम उद्घाटनपूर्व विद्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजनाहुँदैछ ।–00–


