उप–निर्वाचन : उमेदवारको विरोधमा आज उजुरी दिन सकिने

काठमाण्डौ, ३ मंसिर ।

स्थानीय तह उप–निर्वाचनअन्तर्गत सोमबार (आज) उमेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार बिहान १० देखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।

स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उमेदवारी परेको छ । ३५ महिला, ४८ पुरुष र एक अन्य छन् ।

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक पुरुषको उमेदवारी दर्ता भएको छ ।

गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको उमेदवारी परेको छ ।

उमेदवारको मनोनयन पत्र दर्ता भएकामध्ये सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष पद र बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदमा ३÷३ जना उमेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

उपनिर्वाचन यही मंसिर १७ गते हुने तय भएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु