भिडियो पनि छ

चितवनमा आयोजना गरिएको थारु गुरौको विधि तथा जडिबुटी सम्बन्धी प्रशिक्षण कार्यक्रम सकियो

चितवन, १२ जेठ । चितवनको बेलोध प्रगनाको धनौजीमा आयोजना गरिएको चारदिने थारु गुरौको विधि तथा जडिबुटी सम्बन्धी प्रशिक्षण कार्यक्रम सकिएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी सदस्य एवम् थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विष्णुकुमारी चौधरीले प्रशिक्षण कार्यक्रम समापनगर्नुभएको हो । समापन कार्यक्रममा बोल्दै चौधरीले चारदिने कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो ।

 

थारु समुदायको परम्परागत उपचारगर्ने विधि प्रभावकारी भएरपनि युवापुस्तामा पुस्तान्तरण हुन नसक्दा थारुहरुको ज्ञानसीप यतिकै सकिएर जाने चिन्ताले यो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । चारदिनको बसाईले सहभागि थारुहरुमा उत्साह थपिएको मैले पाए उहाँले भन्नुभयो –‘ आगामी दिनहरुमा पनि यस्ता खालका गतिविधिलाई निरन्तरता दिन आवश्यक छ । आदिवासी जनजातिको परम्परागत ज्ञान सीपमा आधारित थारु गुरौंको विधि तथा जडिबुटी सम्बन्धी ज्ञानलाई पुस्तान्तरणगर्न चुनौती भएपनि यसलाई निरन्तरता दिन आवश्यक रहेको उहाँको भनाई छ ।

समापन कार्यक्रममा थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष भजुमान राम महतो, जडिवुडी विज्ञ रामदिन चौधरी, थाकस पूर्व केन्द्रीय पार्षद हेमराज महतो, कालिका नगरपालिका वडा नं. ५ का वडा सदस्य जलेश्वर महतो, थारु कल्याणकारिणी सभा बेलोध प्रगन्नाका सभापति रामनारायण चौधरी लगायतले प्रशिक्षण कार्यक्रमको महत्व र यसको प्रभावकारिता बारे बोलेका थिए । प्रशिक्षण कार्यक्रममा थारु गुरौ विधि बारे गुरौ विश्राम महतो,जल्लु महतो र शनिचरा पावेले सहजिकरण गर्नुभएको थियो ।

गुरौं विधि अन्तर्गत विर्नागर्ने विधि, यसको आवश्यकता र बैज्ञानिक फाइदाको बारेमा गुरौ जल्लु महतोले प्रशिक्षण दिनुभएको थियो । यस्तै थारु गुरौको मन्त्र यसको प्रयोग बारे गरौ विश्राम महतोले प्रशिक्षण दिनुभएको थियो । यस्तै जडिबुडीको पहिचान र प्रयोगबारे रामदिन चौधरीले सहजिकरण गर्नुभएको थियो । जडिबुडीबारे सहभागिहरुलाई स्थानीय मध्यवर्ती सामुदायिक वनक्षेत्रमै लगेर जानकारी दिइएको थियो ।

थारु कल्याणकारिणी सभा सह आयोजक रहेको प्रशिक्षण कार्यक्रममा चितवनका १० वटा प्रगन्ना ( क्षेत्र)वाट ३० जना भन्दाबढीको सहभागिता रहेको तालिमको संयोजक कल्पना पावेले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रम थारु कल्याणकारिणी सभा, चितवनका जिल्ला सभापति ललितकुमार चौधरीको अध्यक्षतामा आयोजना गरिएको थियो भने जिल्ला सचिव सन्तकुमार चौधरीले तालिमको सहजिकरण गर्नुभएको थियो ।

 

—00—

Share:

सम्बन्धित समाचारहरु