चितवन, २१ कार्तिक । चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले नागरिकको सेवाप्रवाहलाई प्रमुख प्राथमिकता दिएर कामगर्ने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको सभा हलमा पत्रकारहरुसँग आयोजना गरिएको परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले विकास निर्माणको क्षेत्रमा कामगर्ने तीनवटा सरकारहरु रहेको, भ्रष्टचारहेर्ने पनि अर्के निकायहरु भएकाले आफनो प्राथमिकता नागरिकको सेवा प्रभावनैहुने बताउनुभयो । जिल्लाको शान्ति सुरक्षामा समेत कुनैपनि कमजोरी हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।
यस अघि प्रमुख जिल्ला अधिकारीको रुपमा इन्द्रदेव यादव हुनुहुन्थ्यो । राष्ट्रिय स्वतन्त्रपार्टीका सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा चितवन प्रधानमन्त्रीको पुत्ला जलाउने नरोकेको आरोपमा प्रमुख जिल्ला अधिकारी र चितवनका प्रहरी प्रमुख सुरुवा भएका थिए । उहाँहरु सरुवा भएपछि चितवनमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएका पौडेलले आफुमा कसैको पनि धारणा लिएर कामगर्ने बानी नरहेकाले चितवनमा पनि आफ्नै धारणा बनाएर कामगर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले आफ्नो पहिलो कर्तव्य नागरिकलाई प्रभावकारी सेवा प्रवाह र कानुनको पालना गराउने रहेको स्पष्टपार्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले अपराधिक क्रियाकलाप हुन दिने प्रतिवद्धता जनाउनुभयो । जिल्लामा हुने लागु औषध देखि अपराधिक क्रियाकलाप न्यूनिकरणनै मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो ।
आफु चितवनको जिम्मेवारी लिएदेखि यता पाँच जनालाई बिस्फोटक पदार्थ ओसारपसारको कसुरमा पाँच जनामाथि मुद्दा चलाएको समेत उहाँले जानकारी दिनुभयो ।