संघीय संसद्अन्तर्गतका आज दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाण्डौ, १२ कार्तिक ।

संघीय संसद्अन्तर्गतका आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।

बैठकमा प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशको उजुरी खोल्ने कार्ययोजनामा छलफल हुनेछ ।

मध्याह्न सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेकोछ ।

Share:

सम्बन्धित समाचारहरु