बेपत्ता योद्धा दण्डपाणी न्यौपानेको स्मृतिमा भवन निर्माण सहयोगार्थ भरतपुरमा जनसांस्कृतिक कार्यक्रम गरिने

चितवन । बेपत्ता योद्धा दण्डपाणी न्यौपाने, सहिद किरण पौडेल, कालीवहादुर तमाङ र धनप्रसाद गुरुङको सम्मानका लागि चितवनको भरतपुरमा जनसांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । भरतपुर महानगरपालिका वडा नं. १३ ले यो कार्यक्रम आयोजनागर्न लागेको हो ।

कार्तिक ३ गते विहान ११ बजेदेखि वडा नं. १३ चम्पानगर स्थित हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको परिसरमा आयोजना हुने कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथिको रुपमा सहभागिहुने कार्यक्रम रहेको आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

कार्यक्रमवाट संकलन गरिएको रकमले बेपत्ता योद्धा दण्डपाणी न्यौपानेको स्मृतिमा भवन निर्माण गरिने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । भवन निर्माणका लागि बेपत्ता न्यौपानेको परिवारले २ कट्ठा जग्गा समेत उपलव्ध गराउने सहमति भएको छ ।

 

 

फाउन्डेसको रुपमा स्मृति भवनलाई प्रयोगगर्ने उद्देश्य अनुसार आर्थिक सहयोगार्थ कार्यक्रम आयोजनागर्न लागिएको वडा नं. १३ का वडा अध्यक्ष एवम मूल आयोजक समितिका संयोजक प्रकाश दवाडीले जानकारी दिनुभयो । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्टपार्टी नेपालका अध्यक्ष मोहन बैद्य(किरण) नेपाल कम्पयुनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द(विप्वब), माओवादी नेता अमिक शेरचन लगायतका नेताहरु समेत कार्यक्रममा सहभागिहुने छन् ।

कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ र सामाना परिवारको विशेष प्रस्तुती रहने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न उप समितिहरु गठन भएका छन् । कार्यक्रममा ५ सयदेखि माथी विभिन्न प्रकारका टिकटको व्यवस्थापन गरिएको छ ।–00—

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु