चितवन जितियामय बन्यो, बहेराका टोल विकास संस्थाले जितिया विशेष कार्यक्रम आयोजना गर्यो

चितवन, ७ असोज । चितवन जितियामय बनेको छ । यहाँका थारु गाउँहरुमा जितिया पर्वको रौनकता देखिएको छ ।

 

थारु कल्याणकारिणी सभा, चितवनले चितवनमा १० वटा क्षेत्र निर्धारण गरेर कामगर्दै आएको छ । अहिले दशवटै क्षेत्रहरु जितियामय बनेको छ । प्राय सबै क्षेत्रहरुमा जितिया विशेष विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यसैबीच पूर्वी चितवनको खैरहनी नगरपालिकाको वडा नं. १ बहेरा गाउँमा पनि आज जितिया विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । स्थानीय नवदुर्गा टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रमलाई खैरहनी नगरपालिकाका प्रमुख शशी खनियाँले उद्घाटनगर्नुभयो ।

आयोजक टोल विकास संस्थाका उपाध्यक्ष जयराम तिमिल्सेनाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा खैरहनी नगरपालिकाको कार्यपालिका सदस्य बुधरमिया चौधरी, वडा नं. १ का वडा अध्यक्ष नवराज भुषाल लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । औपचारिक कार्यक्रम नारायण चौधरीले संचालन गरेका थिए भने सांस्कृतिक कार्यक्रमलार्य रीमा चौधरी र मेहक चौधरीले संचालन गरेका थिए ।

कार्यक्रममा वडा नं. १ का ववडा सदस्य दिपेन्द्र चौधरी, सिर्जना सुनार, राष्ट्रिय स्वतन्त्रपार्टी वडा कमिटी अध्यक्ष विष्णुप्रसाद बासकोटा, रामजानकी टोल विकास संस्थाका अध्यक्ष किरण लामिछाने, श्री कृष्ण टोल विकास संस्थाका अध्यक्ष निलकण्ठ ढुंगाना , बहेरा टोल विकास संस्थाका अध्यक्ष लालुराम चौधरी, ग्रामिण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्इक्ष योगराज पन्त ( राजन) कार्यक्रमको सहयोगी संस्था सिर्जनशील थारु समाजका अध्यक्ष हरिकुमार चौधरी लगायतको उपस्थ्तिी थियो ।–00–

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु