चितवन, ३० भदौ ।
मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले दिएको जानकारी अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो ।
आरएमसी कम्पनीको खानेतेल बोकेको ट्रक दुर्घटनामा परेको हो । ट्रकका चालक र सहचालक नभेटिएको प्रहरी जनाएको छ । थप बिबरण प्राप्त हुन बाँकी छ ।


