रत्ननगरको झुवानीमा लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम

रत्ननगर, १७ भदौं । रत्ननगर नगरपालिका वडा – ५ मा विद्यार्थीलाई लक्षित गरी लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएक छ।

लागुऔषध प्रयोग गर्ने बढीरहेको बेला चितवनको रत्ननगर ५ झुवानीमा रहेको झुवानी माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकहरुलाई लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको
लायन्स कलव अफ चितवन टाईगर्सका अध्यक्ष गोकुल पराजुलीले बताए ।

लायन्स क्लव अफ चितवन टाईगर्स र लायन्स क्लव अफ रत्ननगर लेडिज को सयुक्त आयोजनामा एवं रत्ननगर नगरपालिका वडा नम्बर -५ ,ईलाका प्रहरी कार्यालय रत्ननगर र झुवानी सामुदायिक पुस्तकालयको समन्वयमा
भएको कार्यक्रममा लागु औषध दुर्व्यसन र यसका असर, समाजमा पार्न सक्ने नकरात्मक प्रभावका बारेमा ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरिक्षक डा। हेम के।सीले प्रशिक्षण दिएका थिए।

यस्तै वडा अध्यक्ष बालकृष्ण चापागाईले समाजमा दिन प्रतिदिन लागु औषध प्रयोग गर्नेको संख्या बढीरहेकाले यसलाई जरै देखि निर्मूल पार्नु पर्ने बताए । युवा पुस्ताले नै यसलाई निर्मूल पार्न भूमिका निर्वाह गर्नु पर्ने उनको भनाइ छ ।

वडाध्यक्ष चापागाईले यस्ता खालका कार्यक्रम विद्यालय स्तरमा नै सञ्चालन गर्नुपर्ने बताए । उनले कक्षा ३ देखि १० सम्मका बालबालिकाहरु बढी कुलत फस्ने गरेको बताउँदै यस्ता कार्यक्रम उनीहरुलाई गतल बाटोमा लाग्न नहुने रहेछ भन्ने ज्ञान हासिल हुने बताए। कार्यक्रममा विद्यार्थीहरुको निकै उत्साहपूर्ण उपस्थिति रहेको थियो । उनीहरूले लागुऔषध दुर्व्यसनमा आफु नफस्ने र अरुलाई पनि फस्न नदिने प्रतिबद्धता गरेका थिए।

कार्यक्रममा वडा सदस्यहरु दोय निलु शर्मा , ज्ञानु सुनार ,लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ आरका क्याबिनेट सेक्रेटरी निरज श्रेष्ठ र एक्जुकेटभ चिफ दिपेन्द्र खतिवडा , लायन्स क्लव अफ रत्ननगर लेडिजका अध्यक्ष सबिता पोखरेल,झुवानी सामुदायिक पुस्तकालयको अध्यक्ष अनिल अर्याल ,झुवानी माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक खगेश्वरी चालेसे लगायतको उपस्थिति रहेको थियो ।

क्लबका कोषाध्यक्ष टेक प्रसाद सापकोटाको संयोजनमा भएको कार्यक्रमको सचिव बिबेक लामिछानेले सञ्चालन गर्नुभएको थियो।–00—

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु