समुह स्तरीय तीज गीत तथा नृत्य प्रतियोगितामा नमुना चेली समुह प्रथम

कालिका १६, भदौं । हरितालिका तीजको अवसरमा चेतना चेली बहुउद्देश्यीय सहकारी संस्थाले कालिकामा आयोजना गरेको समुूह स्तरीय तीज गीत तथा नृत्य प्रतियोगितामा नमुना चेली समुह प्रथम हुन सफल भएको छ । यस्तै युनिक चेली समुह द्धितीयहुन सफल भएको छ ।

प्रतियोगितामा मिलिजुली समुह तृतीयहुन सफल भएको छ भने कामना चेली समुह सान्त्वना मध्ये उत्कृष्ट हुन सफल भएको छ । तीनवटा समुह उत्कृष्ट भएकोमा अन्य उत्कृष्टहुनेमा संरक्षण चेली समुह र संकल्प चेली समुह रहेका छन् ।
विजयी हुने समुहले नगद सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

संस्थाका अध्यक्ष विष्णु लामाको अध्यक्षतामा आयोजना गरिएको प्रतियोगिताको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले कालिकाको विकासमा चेतना चेली बहुउद्देश्यीय सहकारी संस्थाको योगदान प्रशंसागर्न लायक रहेको बताउनुभयो । नगरपालिकाको विकास र सामाजिक काममा सधैभरी हातेमालो गरेर अगाडी बढ्न सक्ने उहाँको भनाई थियो । कार्यक्रममा कालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मणप्रसाद पौडेल, आफन्त नेपाल आवर डटर इन्टरनेशनल फाउण्डेशनका रमेश सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा ११ समूह सहभागि थिए । निर्णायकमा कृष्ण धितालको संयोकत्वमा ३ सदस्यीय निर्णायक मण्डल थियो । जस्मा भेषराज पौडेल, मैया तिमिल्सना निर्णायक मण्डलका सदस्य रहेका थिए ।

चेतना चेली बहुउद्देश्यीय सहकारी संस्थाले कालिका वडा नं. २ मा मुख्य कार्यालय स्थापना गरेर यहाँका स्थानीय टोलमा रहेका चेलीहरुलाई संगठित बनाई आर्थिक रुपान्तरणका लागि मासिक बचत संकलनगर्ने, विभिन्न सीपमुलक कार्यक्रम संचालनगर्ने, व्यवसायिक कृषि तथा उद्यमशीलतासँग चेलीहरुलाई जोड्ने कामगर्दै आएको छ ।–00—

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु