कालिका नगरपालिकाले आयोजना गरेको खुल्ला तीजगीत प्रतियोगितामा पारिजात महिला नारी समुह प्रथम

कालिका, १४ भदौं । हरितालिका तीजको अवसरमा कालिका नगरपालिकाले आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगितामा कालिका वडा नं. ४ को पारिजात समुह प्रथम हुन सफल भएको छ । यस्तै प्रतियोगितामा वडा नं. १ को सूर्यकिरण समुह द्धितिय हुन सफल भएको छ । यस्तै कालिका वडा नं. २ को कालिका भजन समुह तृतिय स्थान हात पारेको छ ।

 

प्रतियोगितामा विजयी भएका समुह मध्ये प्रथमहुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै द्धिृतियहुने समुहले नगद २० हजार रुपैयाँ नगद प्राप्त गरेको छ भने तृतियहुने समुहले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा दुईवटा समुहले सान्तवना पुरस्कार पाएका छन् ।
सान्तवना पुरस्कार पाउनेहरुमा चेतना चेली बहुउद्देश्य सहकारी संस्था र कालिका वडा नं. २ को कल्पेश्वर भजन समुह रहेको छ । यि दुवै समुहले नगद पाँच पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

सबै विजेता समुहले नगद सहित फ्रेमसहितको कालिका मन्दिरको तस्विर प्राप्त गरेका छन् । विजेता सबै समुहका सदस्यहरुलाई खादा लगाएर सम्मान गरिएको थियो ।

 

बालमैत्री स्थानीय शासन, कालिका नगरको अभियान विषयमा रहेर नगरक्षेत्रभित्रका २५ वटा समुहले भाग लिएका थिए ।

कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले धर्म संस्कृति संरक्षणसँगै बालमैत्री सुशासनलाई जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । कालिका नगरपालिकाले तीजलाई विशेष प्राथमिकता दिँदै आएको उहाँले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले आगामी दिनमा पनि नगरपालिकाले यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताउनुभयो ।

 

प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पूर्व मेयर खुमनाराण श्रेष्ठ(गोपी) वडा अध्यक्षहरु, नगरपालिकाका कर्मचारीहरुको उपस्थिती थियो । कार्यक्रम नगर उपप्रमुख विमला तामाङको अध्यक्षतामा आयोजना गरिएको हो । कार्यक्रम पालिकाको कर्मचारी सन्तोषी कुमालले संचालन गरेकी थिइन्

केदार दवाडीको संयोजकत्वमा गायिका सुनिमाया प्रजा, कोरियाग्राफर रेनु तामाङ निर्णायक मण्डलमा थिए । ।—00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु