देवघाट क्षेत्रमा दर्शनार्थीहरुसँग जबरजस्ती दक्षिणा माग्ने भारतीय नागरिक पक्राउ (भिडियो सहित)

चितवन, ३ भदौं । जनैपूर्णिमा एवम् रक्षा बन्धनको दिन देवघाट धाम स्थानगर्न पुगेका दर्शनार्थीहरुसँग जबरजस्ती पैसा माग्ने एकजना भारतीय  नागरिकलाई  पक्राउ परेका छन् । भारतको नयाँ दिल्ली घर बताउने ति व्यक्तिलाई देवघाट क्षेत्रवाटै प्रहरीले पक्राउ गरेको हो ।

जोगीको भेषमा देवघाट पुगेको ति व्यक्तिले तीर्थस्थलमा दर्शनार्थीहरुसँग जबरजस्ती पैसा मागेर मानसिक तनाव दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

जोगिको भेषमा पैसा मागेर दर्शनार्थीहरुलाई मानसिक तनाव दिइरहेको दृश्य राष्ट्रिय प्रजातन्त्रपार्टीका केन्द्रीय सदस्य दिलिप पाण्डेले समेत नजिकबाट नियाल्नुभएको थियो । देवघाट क्षेत्रमा धेरै जोगिहरु भएपनि एकजना जोगीको गतिविधि शकास्पद लागेकोले त्यसलाई नजिकवाट नियाल्न पुगेको उहाँले बताउनुभयो । स्नानगर्न देवघाट नदी किनारतर्फ जानेबेला उक्त जोगी उहाँसँग पनि ठोकिएको थियो । उहाँसँगपनि पैसा मागेका थिए । तर त्यो बेला त्यति ध्यान दिइन । अलि अगाडी पुगेपछि म जस्तै सबैलाई रोक्दै पैसा माग्दै गर्न थालेपछि थप शंका लागेर यसलाई पच्छायान थाले उहाँले भन्नुभयो ।

 

एकजनासँग १ हजार रुपैयाँ पैसा दक्षिणा स्वरुप जबरजस्ती मागेका थिए उहाँले भन्नुभयो । हामी गएर किन पैसा के को पैसा भन्न थालेपछि त्यहाँबाट जोगी भागेको उहाँले बताउनुभयो ।

संगम स्थल नारायणी नदि किनारमै पुगेर दर्शनार्थीहरुलाई रोकेरै डर धम्की देखाएर पैसा मागेको गुनासो दर्शनार्थीहरुले गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । कानमा ठूलाठूला मुन्द्रा लगाएको जोगीले आफुलाई दक्षिणा नदिए ठूलो जोखिम आइपर्ने भन्दै दर्शनार्थीहरुलाई मानसिक त्रास देखाउँदै पैसा मागिरेहेका थिए । उनलाई अस्थायी प्रहरी पोष्ट देवघाटमा  राखिएको छ ।

पक्राउ परेका जोगिको नाम प्रहरीले सार्वजनिक गरेका छैन ।

उनीसँगै थप चारपाँचजना जोगिहरुको क्रियाकलाप शकास्पद देखिएको स्थानीयहरुले बताए ।

यो ठाउँमा यिनीहरु नयाँ हुन । यस अघि यिनीहरु यो ठाउँमा थिएनन् स्थानीय एकजना पंण्डितले भन्नुभयो यिनीहरुको क्रियाकलाप विहानैदेखि भिन्न खालको थियो ।

यिनीहरुको गिरोहनै छ भन्ने प्रहरीको अनुमान छ ।

–00–

Share:

सम्बन्धित समाचारहरु