नारायणी पुलबाट हामफालेका युवकको सकुशल उद्दार

चितवन,२९ साउन । सुधार केन्द्रबाट भागेर आज दिउँसो नारायणी पुलबाट हामफालेका युवकको सकुशल उद्दार गरिएको छ । दिउँसो सवा चार बजेको समयमा भरतपुर–३ पुलचोकस्थित नारायणी पुलबाट उनले हामफालेको प्रहरीले जनाएको छ ।

तनहुँ भानु नगरपालिका–६ घर भएका २१ वर्षीय काशीराम गैरेलाई भरतपुर–४ रामघाटस्थित नारायणी नदीबाट स्थानीयबासीले सकुशल उद्दार गरेको हो ।

गैरे भरतपुर–५ स्थित रहेको आसरा सुधार केन्द्रमा बस्दै आएका छन् ।

 

उनको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

गैरेलाई २ महिना अगाडि तनहुँबाट सुधार केन्द्रमा ल्याईएको थियो ।—00–

Share:

सम्बन्धित समाचारहरु