चितवन, १४ साउन । नेकपा (एमाले) भरतपुर महानगरका वडा अधिवेशन भदौ १५ भित्र सक्ने निर्णय भएको छ ।
एमाले पार्टी कार्यालय चितवनमा सम्पन्न नेकपा ९एमाले० भरतपुर महानगर कमिटीको विस्तारित बैठकले सो निर्णय गरेको हो । बैठकले अधिवेशन गर्न बाँकी रहेका वडाहरुमा अधिवेशनको मिति तोकेको छ । महानगरका २९ वटा वडामध्ये १५ वटा वडाको अधिवेशन हुन बाँकी छ ।
अधिवेशन हुन बाँकी वडाहरुमा वडा नम्बर १, २, ३, ४, ६, ७, ११, १३, १५, १६, १७, २१, २४, २८ र २९ रहेका छन् । यी वडाहरुमा आगामी भदौ १५ गतेभित्र वडा अधिवेशन सकिसक्ने निर्णय भएको हो । सबै वडाहरुले आआफ्नो अधिवेशन गर्ने मिति तोकेका छन् । सदस्यता नवीकरणको काम अन्तिम चरणमा पुगेको र नयाँ सदस्यताको फारम भरेर जिल्ला पार्टी कार्यालयमा साउन २० गतेभित्र पेस गर्ने निर्णय समेत बैठकले गरेको छ ।
त्यसैगरी बैठकले अन्य कमिटीमा निर्वाचित भएका महानगर कमिटीका सदस्यहरुलाई विदाई गर्दै बधाई ज्ञापन गरेको छ ।
महानगर कमिटी अध्यक्ष शंकरराज थपलियाको अध्यक्षतामा सम्पन्न भएको बैठक उपाध्यक्ष दिलिप न्यौपानेले सञ्चालन गरेका थिए भने बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य जेएन थपलिया, यमबहादुर परियार, केन्द्रीय सल्लाहकार डा। तिलचन्द्र भट्टराई, प्रदेश कमिटी सदस्य कृष्ण भुर्तेल र एमाले चितवनका कार्यवाहक अध्यक्ष श्याम कुमार विष्टले संवोधन गरेका थिए ।–00–