चितवन, ११ साउन । नारायणगढ मुग्लीङ सडक खण्ड अन्तर्गत भरतपुर वडा नं. १ भतेरी जंगलमा कन्टेनर बोकेको ट्रक र भारतीय नम्बरको ट्रक ठोकिदा दुईजनाको ज्यान गएको छ भने एकजनाको अवस्थाको गम्भीर छ ।
इन्यिन ट्रकका चालक भारत उत्तर प्रदेश बस्ने २४ वर्षका हेडताव आलम र कन्टेनर चालक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं. २४ वर्षका प्रमोद पटेलको मृत्युभएको हो । घटनामा परेर घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
अस्पताल पुगेका दुईजनालाई चिकित्सकले मृत घोषणा गरेको चितवन प्रहरीले जनाएको छ । ट्रकका सह चालक भारत गोरखपुर बस्ने २२ वर्षका सावन अहमद घाइते छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
नारायणगढवाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशााबाट आउँदै गरेको DD1L9161 न. को इन्डियन ट्रक भतेरीजंगलमा ठोकिएको थियो ।—0–


