कालिकाको गैरीबारी क्षेत्रमा आजदेखि सार्वजनिक सवारी साधन म्याजिक बस सेवा संचालनमा आयो

कालिका, १० साउन । कालिका नगरपालिकाको वडा नं. ८ स्थित गैरीबौरी क्षेत्रमा आजदेखि सार्वजनिक सवारी साधनको रुपमा म्याजिक बस चल्न थालेको छ । गैरीबारी क्षेत्रमा सार्वजनिक सवारी साधन संचालन नहुँदा स्थानीयहरु अटोमा रिर्जभ गरेर चढ्न बाध्य थिए ।

गैरीबारीको झरना नजिकैको चोकदेखि रत्नननगरको टाँडी बजार रुटमा चल्नेगरी आजदेखि म्याजिक बस चल्न थालेको हो । एक औपचारिक कार्यक्रमनै आयोजना गरेर म्याजिक बस संचालन गरिएको हो ।

गैरीबारी चोकवाट १५ मिनेटको अन्तरमा म्याजिक बस छुट्नेगरी व्यवस्थापन मिलाइएको छ । हाल गैरीबारी देखि रत्ननगरको टाँटी चोक सम्मको रुटलाई लक्षित गरेर म्याजिक बस संचालन गरिएको हो । गैरीबारीबाट नारायणगढ, भरतपुर तर्फ जान खोज्नेहरु भने जुटपानी चोकमा झरेर जुटपानी- भरतपुर रुटमा चल्ने म्याजिकमा चढ्न पाउनेछन् ।

वडा न.. ८ का वडा सदस्य रामचन्द्र अधिकारीले रिवन काटेर औपचारिक रुपमा आजदेखि बस संचालन भएको घोषण गरेका थिए । कार्यक्रममा बोल्दै वडा सदस्य अधिकारीले सार्वजनिक यातायातत्रको पहुँचमा गैरीबारीका स्थानीयहरु पुगेकोमा खुशी व्यक्त गरे । महगों शूल्क तिरेर अटोमा रिर्जभ गरेर बजार सम्म जानपर्ने समस्यावाट मुक्त भएको उनले बताए ।

पूर्वी चितवन यातायात व्यवसायी संघ का अध्यक्ष मेनवहादुर श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको स्थानीय टोल विकास संस्थाका अध्यक्षहरु भुवन बास्तोला, राजकुमार सिवाकोटी, स्थानीय सामुदायिक वनका अध्यक्ष मिनवहादुर गुरुङ, समाजसेवी झनकवहादुर गुरुङ, अनिता गुरुङ लगायत उपस्थित थिए ।

—00–

Share:

सम्बन्धित समाचारहरु