चितवन, ९ साउन । त्रिशूलीमा विगत तेह्रदिनदेखि बेपत्ता दुईवटा बसको खोजी कार्य आजपनि जारी छ । भारतीय प्राविधिक सहितको टोलीले आज काभ्रेघाट देखि तलतिर खोजीगर्ने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । विहान ११ बजेदेखि खोजीकार्य हुने उहाँले बताउनुभयो । घटनास्थलदेखि केराबारी सम्म दोहोर्याएर हिजो खोजि गरिएको थियो ।
असार २८ गते सिमलतालको पहिरोले दुईवटा यात्रुबाहक बस त्रिशूली नदीमा खसेर बेत्तपा भएको आज तेह्र दिन भयो । बसमा सवार यात्रु मध्ये २४ जनाको शव भेटिएको छ भने अन्यको शव अझै अज्ञात छ । खोजीकार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको टिम घटनाभएकै दिनदेखि जुटेका छन् । नेपालमा उपल्ध प्रविधिले सम्भव नभएपछि भारत सरकारसँग समेत समन्वय गरेर त्यहाँबाट आएका १२ जनाको टोली सहित खोजी कार्यजारी छ ।–00–


