चितवन, ९ साउन । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र ती बसमा सवार यात्रुहरुको खोजी आज १२ औं दिन पनि जारी छ ।
आज बिहान साढे आठ बजेदेखि सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्याएर खोजी गर्न लागिएको छ । खोजीमा संलग्न प्राविधिकहरुका अनुसार त्यहाँ केही शंकास्पद वस्तु देखिएकाले दोहोर्याएर खोज्न लागिएको हो ।
नेपाली गोताखोर र भारतको राष्ट्रिय आपदा मोचन बल(एनडीआरएफ) का प्राविधिकहरुसहितको संयुक्त टोलीले आज बिहान ८ः३० बजेबाट सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्याएर खोजी कार्य सुरु गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
‘सोनार क्यामेरामा केही शंकास्पद बस्तु जस्तो देखाएकोले पुनः एकपटक हेर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जाकनारी दिनुभयो ।—00–


