सिमलताल दुर्घटनाः गैंडाकोटको गैरीस्थित नारायणी नदीमा थप एउटा शव फेला

चितवन, १ साउन । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो । शवको पहिचान खुलेको छैन ।

 

नदी किनारको बालुवामा पुरिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिनुभयो । शवको उत्खननगरि मुचुल्का तयार पारेर भरतपुर अस्पताल पठाइएको उहाँल.े बताउनुभयो ।

 

त्रिशूली बस दुर्घटनामा परि बेपत्ता भएका यात्रु मध्येकै शव भएको हुनसक्ने अनुमान छ । यसअघि गैरी क्षेत्रमै बस दुर्घटनामा परेका ३ यात्रुको शव फेला परेको थियो ।

हालसम्म १५ यात्रुको शव फेला परिसकेको छ भने कम्तिमा ४७ यात्रुको अवस्था अझै अज्ञात छ । सिमलता दुर्घटनामा परेका यात्रुको शव करिब १०० किमी तल गण्डक व्यारेजमा भेटिन थालेको छ ।–00–

 

Share:

सम्बन्धित समाचारहरु