फाइल खोलेको २४ घण्टामा सरकार ढालियो – गृहमन्त्री लामिछाने

काठमाडौं, २८ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेको २४ घण्टामा सरकार ढालिएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा बोल्ने क्रममा लामिछानेले भने, ‘फाइल खोल्छु भनेको थिइस् खै फाइल खोलेको रु एक सांसदले भन्नुभएको थियो । फाइल खोलेको २४ घण्टा नहुँदै सरकार ढाल्नुभयो । कसरी खोल्ने फाइल रु’

 

वर्तमान सरकार ढल्नुमा बच्चा–बच्चालाई जानकारी भएको लामिछानेले दाबी गरे । बेचन झा र प्रतीक थापा पक्राउ परेसँगै सरकार ढालिएको उनको दाबी छ ।–00–

Share:

सम्बन्धित समाचारहरु