यात्रुबाहक बसले साईकल यात्रीलाई ठक्कर दियो, साईकल यात्री घाइते, अवस्था गम्भीर

भरतपुर, २५ असार । भरतपुर वडा नं. विशाल चोकमा यात्रुबाहक बसले साईकल यात्रीलाई ठक्कर दिँदा अन्दाजी ६० वर्षको एकजना पुरुष व्यक्ति घाइते भएका छन् ।

 

काठमाण्डौंवाट काकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०३५३ नं.को बसले साईकललाई ठक्कर दिएको थियो । साईकल यात्रीको नाम थर, वतन खुलेको छैन । घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ ।

 

बस र बसका चालक रत्ननगर वडा नं. १२ बस्ने ४४ वर्षका रेशम तमाङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तस्विरः डायमण्ड लाल आर्चाय

–00–

Share:

सम्बन्धित समाचारहरु