चितवनकी तारा बरालले सर्वोच्चमा वकिलहरुमाथि जुत्ता प्रहार गरिन

चितवन । चितवनकी सामाजिक अभियन्ता तारा बरालले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको बाटो छेक्न बसेका नेपाल बार एसोसिएसनका वकिलहरूमाथि जुत्ता प्रहार गरेकी छन् ।

प्रधानन्यायाधीशको समर्थनमा उत्रिएकी बरालले वकिलहरूलाई जुत्ता हानेकी हुन् । आज प्रधानन्यायाधीश राणाले कार्यालय फर्किने तयारी गरेपछि बारको निर्णयअनुसार वकिलहरू धर्ना दिन सर्वोच्च परिसरमा धर्ना दिइरहेका छन् । अभियन्ता बराल दिउँसो तीन बजेतिर धर्ना स्थलमा आएर वकिलहरूको विरोध गरिरहेकी थिइन् । यसै क्रममा उनले उत्तेजित हुँदै आफूले लगाइरहेको जुत्ता फुकालेर वकिलको समूहमाथि प्रहार गरेकी हुन् ।

सर्वोच्चमा खटिएका सुरक्षाकर्मीले तत्काल उनलाई पक्राउ गरी भ्यानमा हालेर लगेका छन् । उनको जुत्ता सर्वोच्चभित्र फ्याँकिएको छ । तारा बराल एउटा जुत्तामा छिन् ।

धुर्मुस सुन्तलीले चितवनमा निर्माण गरेको क्रिकेट रंगशालाविरुद्ध बोलेर बराल सामाजिक सञ्जालमा भाइरल भएकी थिइन् । पछिल्लो समय एमसीसी खारेज गर्नुपर्ने लगायतका माग राखेर उनी आमरण अनसन बसिन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको पक्षमा यसअघि पनि उनले सर्वोच्चको गेटमा एकल प्रदर्शन गरेकी थिइन् ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु