गलैचा बुन्ने सीपले फेरियो भक्तमायाको दैनिकी

सिमोन चौधरी –
कालिका, ३१ साउन । धादिङबेसीवाट बसाई सरेर चितवनको कालिका नगरपालिका वडा नं. २ मा बसोबास थालेकी भक्तमाया तामाङ निकै फुर्सदिला बनिन् । गलैचा बुन्ने सीप भएपनि नयाँ ठाउँ, कमजोर आर्थिक अवस्थाका कारण जानेको कामपनि गर्न सम्भव थिएन । उनले सीकेको कामपनि वरिपरी पाउने सम्भावना थिएन । यसैले विहान बेलुकी खाना पकाउनु बाहेक बाँकी समय फुर्सदमै वित्थ्यो ।

तर अहिले भक्तमाया तामाङको दिनचर्या निकै फेरिएको छ । हिजोआज गलैचा बुन्न उनलाई भ्याई नभ्याई छ । कालिकाको वडा नं. २ मा गलैचा उद्योगनै स्थापना गरेर धमाधम काम गरिरहेकी छिन् । भक्तमाया आफुमात्रै व्यस्त छैनन उनले नगरक्षेत्रका ३९ जनालाई रोजगारी दिएकी छन् । आफुसँग भएको सीपको बारेमा चेतना चेली बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक निरु तामाङसँग भक्तमायाले राखेकी थिइन । सीप अनुसारको कामगर्ने इच्छा भएको बताएपछि सहकारीले उद्योग खोल्न उनलाई आवश्यकपर्ने तान(ठक्टी) लगायत आवश्यक उपकरणको जोहो गर्न सहयोग गर्यो ।

सहकारीको साथ पाएपछि भक्तमायालाई आँट आयो । ३ वर्ष अघि पदमपुर गलैचा उद्योग सुरु गरिन । सुरुमा उनलाई २० वटा तान( ठक्टी ) सहकारीले दियो । तान पाएकी भक्तमाया धागोका लागि काठमाण्डौं पुगिन । काठमाण्डौंमा गलैचा बुन्नका लागि प्रयोग गरिने धागो बेच्ने कार्यालयमा सम्पर्क गरिन । त्यहिँवाट उनको व्यवसायिक गलैचा यात्रा सुरुभयो ।

काठमाण्डौंमा ३ लाख रुपैयाँ धरौटी राखेर उद्योग संचालनका लागि धागो बोकेर फर्किन । सुरुमा उनको उद्योगसँग १३ जना जनशक्ति जोडिए । काम सिक्दै पैसा कमाउँदै गए । अहिले ३९ जना उनको उद्योगमा जोडिएका छन् । यिनको उद्योग अझै व्यवस्थ्ति  भइसकेको छैन । तर पनि कामगर्न यिनीहरुलाई भ्याई नभ्याई छ । ३ लाखको लगानीबाट उद्योग सुरु गरेकी भक्तमायाले अहिले १५ लाख रुपैयाँ उद्योगमा लगानी गरिसकेकी छन् । भक्तमायाको श्रीमान पूर्णवहादुर तामाङपनि यहि पेशामा छन् । दुवैजना मिलेर पदमपुर गलैचा उद्योग संचालन गरिरहेका छन् ।

उद्योगले उत्पादन गरेको गलैचा काठमाण्डौं पठाइन्छ । धागो दिने संस्थालेनै यिनीहरुको गलैंचा खरिद गर्छ । बजारको समस्या छैन भक्तमायाले भनिन–आर्थिक सहयोग पाए उद्योगलाई अझै व्यस्थित बनाउथें । ठक्टी प्रयाप्त भए अझै धेरैजनालाई रोजगारी दिन सकिन्छ । एउटा ठक्टीलाई २० देखि २५ हजार रुपैयाँ सम्म पर्छ । हामीलाई पैसानै सहयोग दिनुपर्दैन पूर्णवहादुरले भने – ‘ठक्टी किन्दीने संस्था पायो भने अझै धेरैजनालाई रोजगारी दिन सक्छौं । ’

अहिले यिनीहरुको उद्योगसँग ३९ जना जोडिएका छन् । ठक्टी प्रयोग गरेर लगैचा बुन्नेले उ सँग भएको सीपको आधारमा पैसा कमाउने गरेका छन् । महिनामा एकजनाले कम्तीमा २ वटा तान सक्छन् अर्थात दुईवटा गलैचा बुनेर सक्छन् । एउटा गलैचा तयार भयो भने उद्योगले ९ हजार रुपैयाँ पारिश्रमीक दिने गरेको छ । खेल्दाखेल्दै महिनामा सजिलै दुईवटा तान सकिन्छ – भक्तमायाले थपिन‘छिटोछिटो हात चलाउनेहरुले मासिक ३ वटा सम्म सक्छन । ’ कामगर्ने मान्छेलाई छुट्याएर भक्तमायाले मासिक न्यूनतम ५० हजार बढी आम्दानी गर्दै आएको बताउँछिन् ।

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु