राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्न एमाले-कांग्रेसको गठबन्धन

काठमाडौं, १८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि एमाले र कांग्रेसको संयुक्त सरकार बन्न लागेको बताएका छन्। महासचिव पोखरेलले केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय सरकारमा अन्य दललाई पनि समावेश गर्ने बताएका हुन् ।

 

 

कांग्रेस र एमालेबीच सहमति गर्न भूमिका खेलका महासचिव पोखरेलले राजनीतिक स्थायित्वका लागि कांग्रेससँग संविधान संशोधन गर्ने सहमति भएको जानकारी दिए। उनले फेसबुकमार्फत भनेका छन्,‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माणगर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी भएको हो । यस प्रक्रियामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिनेछ।’

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको ८८ सिट छ भने भने एमालेको ७९ सिट छ। दुई तिहाई बहुमत पुर्‍याउन साना दललाई सहभागी गराउनुपर्नेछ।—00–

Share:

सम्बन्धित समाचारहरु