कालिका भजन समुहले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरे

कालिका, ७ असार । कालिका भजन समुहले पदमपुरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

 

वडा नं ४ स्थित पदमपुर स्वास्थ्य चौकीको परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रमको नगर प्रमुख विनोद रेग्मीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले धर्म, संस्कृति संरक्षणसँगै मानविय सेवामा क्रियाशील भजन समुहको काम प्रशंसागर्न लायक रहेको बताउनुभयो । पश्चिमेली सभ्यताले मौलिक संस्कृति हराउँदै गएको बेला धर्म, संस्कृति संरक्षणसँगै रक्तदान जस्ता कार्यक्रम आयोजना गरेर प्रशंसागर्न लायक काम गरेकोमा धन्यवाद ज्ञापनगर्नुभयो ।

समहुका सल्लाहकार संयोजक रामकृष्ण खनालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष दीपक भट्टराईले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
भजन समुहका अध्यक्ष एकानान्द उपाध्यायको अध्यक्षतामा कार्यक्रम आयाजना गरिएको हो । रक्तादन कार्यक्रममा महिला पुरुषगरी ५१ जनाले रक्तदान गरेका छन् ।

—00–

Share:

सम्बन्धित समाचारहरु