भरतपुर विमानस्थलमा श्री एयरको परीक्षण उडान सफल

चितवन, ६ असार ।

श्री एयरको जहाजले भरतपुर विमानस्थलमा परीक्षण उडान सुरू गरेको छ।

बिहीबार बिहान श्री एयरको ड्यास–८–क्यू–४०० जहाज भरतपुर विमानस्थलमा अवतरण गरेको थियो।

८० जना यात्रु बोक्ने क्षमताको यो जहाजलाई स्वागत गर्न उपप्रधान एव‌ं गृहमन्त्री रवि लामिछाने, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायत भरतपुर विमानस्थल पुगेका थिए।

अहिले बुद्ध एयरका जहाजले मात्रै काठमाडौं–भरतपुर उडान भर्दै आएका छन्। बुद्ध एयरले उडान गरिरहेको एटिआर–४२ जहाज फेजआउटको चरणमा रहेको समयमा श्री एयरलाइन्सले परीक्षणको अनुमती पाएको हो।

श्री एयरलाइन्सका अध्यक्ष सुधिर मित्तलले परीक्षण सकेर अनुमति पाएपछि नियमित उडान सुरू गर्ने बताए।

Share:

सम्बन्धित समाचारहरु