युवाहरुलाई प्रोत्साहनका लागि कालिका वडा नं ४ ले दियो खेलसामग्री

कालिका, २ असार । वडा भित्रका युवाहरुलाई खेलप्रति प्रोत्साहनगर्ने उद्देश्यले कालिका नगरपालिकाको वडा नं. ४ ले १ लाख मूल्य बराबरको खेलकुद सामग्री हस्तान्रण गरेको छ । वडा कार्यालयमा आज आयोजना गरिएको एक कार्यक्रमकाबीच स्थानीय न्यू स्टार श्रमकोष क्लबलाई खेलाडीलाई फुटवलदेखि आवश्यकपर्ने जर्सी, जुत्ता लगायतका खेलकुदका सामग्री हस्तान्तरण गरिएको हो । नगरप्रमुख विनोद रेग्मीले क्लबका कोषाध्यक्ष धर्म गौतमलाई हस्तान्तरण गर्नुभएको हो ।

खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख रेग्मीले सम्बृद्ध नगरपालिका बनाउन युवाहरुको महत्वपूर्ण भूमिकालाई स्मरणगर्नुभयो । युवाहरुको सहभागिता विना नगरपालिका सम्बृद्ध बन्न नसक्ने भन्दै नगरप्रमुख रेग्मीले सम्बृद्ध नगर बनाउन सृजनात्मक सहभागिताका लागि युवाहरुलाई आग्रहगर्नुभयो । खेलकुदको विकासमा नगरपालिका सधै सकारात्कम रहेको भन्दै नगर प्रमुख रेग्मीले खेलकुद क्षेत्रको विकाससँगै युवाहरुमा बढ्दै गइरहेको कुलतलाई न्यूनिकरणगर्न समेत युवाहरुको साथ चाहिएको बताउनुभयो ।

वडा सदस्य बाबुराम शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नगर उप प्रमुख विमला तामाङ, कार्यपालिका सदस्य ज्योती सुनार, नगरपालिकाका सामाजिक विकास अधिकृत समेत रहनुभएका सूचना अधिकारी प्रकाशचन्द्र पौडेल लगायत उपस्थित थिए । कार्यक्रम वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको हो ।

 

–00–

Share:

सम्बन्धित समाचारहरु