नेपालमा मनसुन भित्रिएसंगै कालिकाले थाल्याे विपद् व्यवस्थापन सम्बन्धी पूर्व तयारी-फाेटाे कथा सहित

कालिका, २८ जेठ । वर्षातको बेला आउन सक्ने विपद्लाई लक्षित गरेर कालिका नगरपालिकाले विपद् व्यवस्थापन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

 

महिला संजालको सभाहलमा आयोजना गरिएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, नगरप्रहरी, रेडक्रसकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू कार्यक्रममा सहभागी छन् ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख विमला तमाङले विपद् व्यवस्थापनको पूर्व तयारीगर्नुपर्ने बेला भएकाले यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

 

वर्षातको समय भएकाले विपद् जतिबेला पनि आउन सक्ने भएकाले विपद् व्यवस्थापनमा सबैजनाको हातेमालो र सहकार्य आवश्यक रहेको स्पष्टपार्नुभयो । पूर्व तयारी गरिए विपद् वाटहुन सक्ने क्षतिलाई न्यूनिकरण गर्न सकिने बताउनुभयो । कार्यक्रम वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोेजक वीरेन्द्र तामाङको अध्यक्षतामा आयोजना गरिएको हो ।

कार्यक्रममा नगरपालिका सूचना अधिकारी प्रकाशचन्द्र पौडेलले नगर क्षेत्रभित्रका सम्भावित विपद्को जोखिम र पालिकाले अहिले सम्म गरेको प्रयास बारे अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

 

 

Share:

सम्बन्धित समाचारहरु