चितवन, १२ जेठ
पूर्वि चितवनको रत्ननगर नगरपालिका वडा नं. ५ मा युवा तथा जेष्ठ नागरिक लक्ष्य मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
झुवानी सामदायिक पस्तकालय, झुवानी सामदायिक महिला साकोस, सिर्जनशिल सिकाई केन्द्र र रत्ननगर नगरपालिका वडा नं. ५ को संयक्त आयोजना तथा साइक्याट्रिक नर्सिङ हेल्थ रिसर्च सोसाईटी भरतपरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
तालिम पूर्व औपचारिक कार्यक्रममा बोल्दै रत्ननगर नगर पालिकाका वडा नं. ५ का वडा अध्यक्ष एवम कार्यक्रममा प्रमख अतिथि बालकृष्ण चापागाईले अहिलेको विकराल समस्याको रुपमा मानसिक स्वास्थ्य भएको र यो कार्यक्र एकदमै महत्वपर्ण भएको बताउन भयो ।
रत्ननगर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष वालकृष्ण चापागाई को प्रमख आतिथ्यतामा भएको कार्यक्रममा झुवानी सामदायिक महिला साकोस अध्यक्ष सावित्रि कुमारी आचार्य पण्डित, सिर्जनशिल सिकाई केन्दका अध्यक्ष मिन प्रसाद सापकोटा लगायतले मन्तव्य राख्न भएको थियो ।
साइक्याट्रिक नर्सिङ हेल्थ रिसर्च सोसाईटीको भरतपरका मन्ज पोख्रेल, रमा लामिछाने, देउरुपा अधिकारी, रुकु काफ्ले, समिर्ला अधिकारी, संगिता शर्मा, रमेश शब्बाले सहजकर्तामो भुमिका निर्वाह गर्न भएको थियो ।
६३ जनाको सहभागिता रहेको कार्यक्रम झुवानी सामदायिक पस्तकालयका अध्यक्ष अनिल अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम झवानी सामदायिक पस्तकालयका उपाध्यक्ष तथा स्वास्थ्य तथा शिक्षा उप समितिका संयोजन शेष प्रसाद सापकोटाले संचालन गर्न भएको थियो ।




