चितवन, ९ जेठ । भरतपुर महानगरपालिका वडा नम्बर ८ को आयोजनामा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालिम सुरु भएको छ । बुधबार कार्यक्रमको एक समारोहका बीच भरतप्ुर महानगरपालिकाका कार्यबाहक नगर प्रमुख ज्ञानप्रसाद खनालले गर्नुभयो ।
कार्यबाहक नगर प्रमुख खनालले भरतपुरका २९ वटै वडामा यस्ता कार्यक्रमलाई विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो । मनकामना अस्पतालको भवनमा सुरु भएको तालिममा भरतपुर ८ का टोलका अध्यक्ष, विद्यालयका शिक्षक, क्लबका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यार्थी गरी २० जनालाई दिइएको हो ।
घटना वा दुर्घटना भएका समयमा अस्पताल पुराउनभन्दा अगाडि विरामीको जीवन सुरक्षाको लागि अपनाइने विधीहरु सहभागीलाई तालिममा सिकाइने आयोजकले जनाएको छ ।
तत्कालै विरामीले प्राथमिक उपचार पाउन सके जीवन सुरक्षित हुने भएकाले यो तालिम महत्वपूर्ण रहने बताइएको छ ।
कार्यक्रममा भरतपुर वडा नम्बर २४ राम गोदार, मनकामना अस्पतालका अध्यक्ष ध्रुवप्रसाद काफ्लेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने पूर्ण बहादुर रानाभाटले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम वडा नम्बर ८ का अध्यक्ष जीवनाथ कँडेलको अध्यक्षतामा भएको थियो ।–00–

