क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं, २ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनको फैसलापछि क्यानले लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको हो।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गरेर घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको जानकारी दिएका छन्।

ुसम्मानित उच्च अदालत पाटनको मिति २०८० जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौं,ु विज्ञप्तिमा भनिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु