फागुन २३ काठमाण्डौ । भक्तपुरमा श्रीमान्ले श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गरेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षका श्याम गुभाजुले ६० वर्षकी पूजा गुभाजुलाई कुटपिट गरी तेजाब प्रहार गरेका प्रहरीले जनाएको छ ।
तेजाब प्रहारबाट घाइते भएकी उहाँलाई कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको छ । तेजाब छ्याप्ने उनका श्रीमान् श्याम गुभाजुलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।