रत्ननगरको अमिलियामा एक महिला मृत अवस्थामा फेला

चितवन, १ चैत । पूर्वी चितवनको रत्ननगर वडा नं. १३ अमिलियामा एक महिला आफ्नै कोठमा पासो लगाएको अवस्थामा भेटिएकीछन् ।

 

धादिङ घर भइ चितवनको रत्ननगर वडा नं. १३ अमिलिया स्थित विष्णु पौडेलको घरमा डेरागरी बस्दै आएका ४५ वर्षकी पवित्रा खतिवडा आफ्नै कोठाको पंखाको सिलिङमा झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पंखाको सिलिङमा पासो लगाई झुण्डिएको अवस्थामा छोराले देखेपछि पासो काटेका थिए ।

 

श्रीमान प्रेमनाथ खतिवडासँगै डेरामा बस्दै आएका थिए । घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । शम पोष्टमार्टका लागि भरतपुर अस्प्ताल पठाइएको चितवन प्रहरीले जनाएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु