कालिका, २९ फागुन । रेडक्रमसग्राममा कालिका नगरपालिकाको निर्माणाधिन भवनको निर्माण कार्य ९५ प्रतिशत सकिएको छ । भवन निर्माणकार्य छिटो सक्न ठेकदारलाई ताकेतागर्नेकाम जारी भएपनि विधिले समस्या पारेको बताउनुभयो । ठेक्का लगाईएको कामलाई थप कार्वाहीगर्ने अधिकार आफुलाई नभएको नगर प्रमुख विनोद रेग्मीले स्पष्टपार्नुभयो ।
कालिका नगरपालिकाको वडा नं. २ मा आज आयोजना गरिएको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमलाई संवोधनगर्दै नगर प्रमुख रेग्मीले कार्यालयको निर्माणाधिन भवनलाई छिटो सम्पन्नगर्न ठेकेदारलाई ताकेता गरिरहेपनि कानुनी कार्यविधिले समस्या परेको उहाँको भनाईछ । आफ्नै भवनहुँदाहँदै भाडामा किन बसेको भन्ने सहभागिहरुको प्रश्नमा नगरप्रमुख रेग्मीले ९५ प्रतिशत निर्माणकार्य सकिएको भवनमा अर्को चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरिने आश्वासन दिनुभयो ।
यसैगरी नगरपालिकाले नगरक्षेत्रभित्रका बजारहरुमा निरन्तर अनुगमनगर्ने समेत नगरप्रमुख रेग्मीले बताउनुभयो । बजार व्यवस्थापन समितिसँग समन्वय गरेर बजार अनुगमनहुने उहाँको भनाई छ । नागरिकको मन दुखाउनेगरी जनप्रतिनिधिहरुले कामनगर्ने समेत उहाँले स्पष्टपार्नुभयो । नगरपालिकाले बजार अनुगमनदेखि स्थानीय तहमा बनेको ऐन, नीति नियम र कार्यविधिहरु कार्यान्वयनका लागि नगरप्रहरी भर्नाको प्रकृयामा रहेको समेत उहाँले जानकारी दिनुभयो । नगरप्रहरी भर्ना भएपछि यो कामलाई तीब्रता दिनेछौं – संवोधनको क्रममा उहाँले भन्नुभयो ।
नगरप्रमुख रेग्मीले सानातिना समस्यालाई लिएर गलत प्रचारगर्नेहरु सक्रिय भएको दावीगर्नुभयो । पूर्वाधार निर्माणदेखि नगरक्षेत्रभित्रदेखिएका समस्याको विषयमा जनप्रतिनिधिहरुको अधिकारले दिए सम्म संवोधनगर्दै आएको भएपनि सानातिना समस्यालाई गलत तरिकाले प्रचारहुन थालेको बताउनुभयो । नगर प्रमुख रेग्मीले राम्रो कामलाई ओझेलमा पार्ने चलखेल भइरहेको बताउनुभयो । विकास निमार्णको कामदेखि पशुपालन, कृषि, खानेपानी व्यवस्थापन, अनुदान वितरण लगायतका विषयमा पारदर्शी रुपमा कामहरु भइरहेको उहाँको दावी छ । व्यवसायिक रुपमा पशुपालनगर्ने किसानहरुले नगरपालिकावाट सेवा सुविधा पाइरहेको उहाँले जानकारी दिनुभयो । सुविधा लिनवाट छुटेका कोहीभए निवेदन दिन र त्यसको सुनुवाई तत्कालहुने समेत आश्वासन दिनुभयो । ‘फास्ट ट्रयाकबाट सवोधनहुन्छ उहाँले भन्नुभयो ।
नगर अस्पतालमा एमडी गरेका चिकित्सकहरुवाट स्वास्थ्य सेवादिने तयारी भइरहेको नगरप्रमुख रेग्मीेले जानकारी दिनुभयो । रेविजको भ्याक्सीन दिन नगर अस्पतालले सुरु गरिसकेको समेत उहाँले बताउनुभयो। कालिकाको तल्लो तहमा खानेपानीको व्यस्थित वितरण भइरहेको छ । करौडौं रुपैयाँको लगानीमा जुटपानी खानेपानी आयोजना निर्माणहुँदैछ । पदमपुर खानेपानी प्राविधिक कारणले समिति नबनेको भएपनि आवश्यक कामहरु भइरहेको नगर प्रमुख रेग्मीले जानकारी दिनुभयो ।
यस्तै कालिकामा एकवर्ष भित्र एउटा प्रहरी चौकी स्थापना हुने उहाँले प्रतिवद्धता जनाउनुभयो । कालिका नगरपालिकामा एउटा प्रहरी चौकी छैन । तीनपटक आफैले पत्र बोकेर प्रहरी चौकी स्थापनागर्नका लागि पुगेको छु उहाँले भन्नुभयो । अब कालिकाम स्थायी रुपमा एउटा चौकी स्थापनाहुनेछ ।
दोश्रो सार्वजनिक सुनुवाईमा चौमासिक अवधिमा कालिका नगरपालिकाले सम्पादन गरेको विषयलाई प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले प्रस्तुतगर्नुभयो । नगरपालिकाद्धारा आर्थिक वर्ष २०८० /८१ को फागुन २८ गते सम्म सम्पादन गरिएको कामलाई स्वच्छ पारदर्शी र बस्तुनिष्ठा बनाउने काम भएको प्रमुख प्रशासकी अधिकृत शर्मा गौतमले बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा अधिल्लो जनप्रतिनिधिहरुले छाडेका अधुरा योजनासँगै, सुकुम्वासीहरुको स्थायी बसोबास र पूर्वाधार निर्माणसँगै बजार अनुगमनको विषयमा जिज्ञासा राखेका थिए । नगर उपप्रमुख विमला तमाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम नगर प्रमुख विनोद रेग्मीको अध्यतामा आयोजना गरिएको हो ।




























