चितवन, १९ फागुन । रोटरी क्लब अफ रत्ननगरले आयोजना गरेको रोटरी मिनी म्याराथुनको उपाधी त्रिभूवन आर्मी क्लबका मुकेश वहादुर पालले हात पार्नु भएको छ । उहाँले निर्धारीत दुरी १५ दशमलब ४ किलोमिटर ४६ मिनेट ३८ सेकण्डेमा पार गर्दै उपाधी हात पार्नु भएको हो ।
नारायणगढको नाराणी नदी किनारबाट सुरु भएको दौड रत्ननगरको हरिहर मन्दीर अगाडी पुगेर सम्पन्न भएको थियो । पाललाई उपाधि संगै नगद रु १ लाख, चाँदीको मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । यस्तै दोस्रो स्थान त्रिभूवन आर्मीकै संञ्जय श्रेष्ठले हाँसील गर्नुभएको छ । उहाँले निर्धारित दुरी ४६ मिनेट ४१ सेकेण्डमा पार गर्दै दोस्रो हुनुभएको हो । उहाँलाई नगद रु ५० हजार, चाँदीको मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । जुम्लाका दुर्गा वहादुर बुढाले ४६ मिनेट ४२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तोस्रो स्थान हाँशील गर्नुभएको छ । उहाँलाई रु २५ हजार, चाँदीको मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । यस्तै चौथो स्थनमा त्रिभूवन आर्मीका टंक कार्की, पाँचौ स्थान त्रिभूवन आर्मीकै सुवाष कार्कीले हात पार्नुभयो । उहाँहरुले क्रमश नगद रु १० हजार र ५ हजार प्राप्त गर्नुभयो । छैठौं देखि १०औं स्थान सम्म क्रमश नागेश्वर अहिर, प्रेम बहादुर वस्नेत, राजेन्द्र तामाङ्, खिमबहादुर खत्री र धनु मानन्धरले हाँशिल गर्नुभयो । उहाँहरुले जनही रु ३ हजार प्राप्त गर्नुभयो ।
यस्तै महिला तर्फको पाँच किलोमिटर दौडमा शसस्त्रकी फुलमती रानाले प्रथम स्थान हाँशील गर्नुभएको छ । उहाँले निधारित दुरी १८ मिनेट १६ सेकेण्डमा पार गर्नुभयो । उहाँलाई नगद रु २० हजार, चाँदीको मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । यस्तै दोस्रो स्थानमा त्रिभूवन आर्मीकी सुनसरी रोकायाले १८ मिनेट २७ सेकेण्डमा दुरी पार गर्नुभएको थियो । उहाँले नगद रु १० हजार, चाँदीको मेडल र प्रमाण पत्र प्राप्त गर्नुभयो । यस्तै शसस्त्रकी आशा राउतले निर्धारीत दुरी १८ मिनेट ३३ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हाँशील गर्नुभयो । उहाँले नगद रु ५ हजार, चाँदीको मेडल र प्रमाण पत्र प्राप्त गर्नुभयो । चौथो स्थान शसस्त्रकै सिमा चौधरीले हाँशील गर्नुभयो । उहाँले नगद रु ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो भने पाँचौ स्थान स्मिता बुढाले प्राप्त गर्नुभयो । उहाँले नगद रु २ हजार ५ सय सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । यस्तै छैठौ स्थान देखि १० औं स्थान सम्म क्रमश अस्मिता भूजेल, नम्रता गुरुङ्, बर्षा ओली, सन्ध्या अधिकारी र लक्षिमा डाँगीले प्राप्त गर्नुभयो । उहाँहरुले नगद रु १ हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नुभएको थियो । खुल्ला तर्फ दुरी पार गर्ने चेपाङ् समुदायका ३२ जना धावकलाई नगद रु २ हजार र महिला तर्फ दुरी पार गर्ने १४ जना धावकलाई रु १ हजार नगद सहित सम्मान गरिएको थियो ।
उहाँहरु रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्र प्रसाद ध्वजुले सम्मान गर्नुभएको थियो । क्लाबका अध्यक्ष हरि कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिस नेपाल इन्टरनेस्नल २०२२ न्यान्सी खड्का, कार्यक्रम संयोजक विपिन पोख्रेल लगाएतले बोल्नुभएको थियो । प्रतियोगिताको बिहान भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी किनारबाट उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्षलाई टेवा पु¥याउने उद्देश्यले गरिएका यस्ता कार्यक्रमहरु प्रभावकारी हुने बताउनुभयो ।
प्रतियोगितामा ७६५ जनाले सहभागिता जनाएका थिए । जस मध्ये खुल्ला तर्फ ४९४ जनाको सहभागीता रहेको थियो भने महिला तर्फ २७१ जनाले सहभागीता जनाएका थिए । जस मध्ये खुल्ला तर्फ ६८ जना चेपाङ् समुदायका धावक र महिला तर्फ ५४ जनाले सहभागीता जनाएको कार्यक्रमका संयोजक पोख्रेलले जानकारी दिनुभयो ।–00–


