कालिका नगरपालिकाले नगर प्रहरी सहायक निरीक्षक सहित नौं जना नगरप्रहरी जवान माग्यो

चितवन, १६ फागुन । कालिका नगरपालिकाले नगरप्रहरी सेवा करारमा लिने सम्बन्धी दरखास्त आह्वान गरेपनि तोकिएको मितिभित्र आवश्यक संख्यामा दरखास्त नपरेपछि आवेदन पेशगर्ने म्याद सातदिनका लागि थप गरेको छ ।

पदमपूर्ती समितिको हिजो बसेको बैठकले एक हप्ता आवेदन दिने म्याद थपगर्ने निर्णय गरेको हो । कालिका नगरपालिका अन्तर्गत रहनेगरी नगर प्रहरी सहायक निरीक्षक १ जना सहित ९ जना नगर प्रहरी जवान सेवा करारमा लिने निर्णय गरेको छ ।

फागुन १ गते पहिलो पटक १५ दिने नगर प्रहरी सेवा करारमा लिने सम्बन्धी सूचना प्रकाशित गरेको थियो । निर्धारित समयमा आवश्यक दरबन्दी नपरेपछि हिजो १५ गते पुन आवेदन दिने ७ दिने म्याद थप गरिएको हो ।

                                                                                   यस्तो छ प्रथम पटक प्रकाशित सूचना….

 

फाईल फोटो

Share:

सम्बन्धित समाचारहरु