रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

रुकुम पश्चिम, १५ माघ । रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी जवानमाथि कुटपिट हुँदा दुई जना घाइते भएका छन् ।

 

इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको हो । बाँफिकोट गाउँपालिका–३ स्यार्पुमा ड्युटीमा रहेका प्रहरीमाथि आइतबार बेलुका ७ बजेको समयमा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रहरी जवानलाई कुटपिट गर्ने बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई बाँफिकोट गाउँपालिका(३ का २७ वर्षीय गोविन्द विक, वडा नम्बर(४ का २२ वर्षीय लक्ष्मण विक, २० वर्षीय सञ्जु खड्का लगायत अन्य १२र१३ जनाको समूह रहेको प्रहरी निरीक्षक खड्काले बताए ।

उनीहरूले सामान्य विवादका कारण कुटपिट गरेको उनको भनाइ छ । घटनास्थलमा पुगेर सम्झाई(बुझाई गर्न खोज्दा उल्टै प्रहरीमाथि ढुङ्गामुडा प्रहार गरेको निरीक्षक खड्काले बताए । कुटपिटबाट घाइते भएका प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ । अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीमाथि कुटपिट गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको निरीक्षक खड्काले जानकारी दिए ।–00–

Share:

सम्बन्धित समाचारहरु