काठमाडौं, १२ माघ । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सुनारलाई ललितपुर महानगरपालिका–३, धोबीघाटबाट पक्राउ गरेको हो । बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि फरार रहेकी उनलाई प्रहरीले पक्राउ गरेको हो ।–00–


