तपस्वी बम्जनलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं, २६ पौष । तपस्वी रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । न्यायाधीश विष्णु रेग्मीको इजलासमा बयानपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको हो ।

 

जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको थियो ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मंगलबार पक्राउ गरेको हो ।

आज अदालतमा बम्जनका तर्फबाट ५ जना र वादीको तर्फबाट २ जना सरकारी वकिलले बहस गरेका थियो ।–00–

Share:

सम्बन्धित समाचारहरु