खैरहनी, २५ पौष । पौष २८ गतेदेखि आयोजना हुन लागेको नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका दुईवटा व्याण्डले युवापुस्तालाई मनोरञ्जन दिने पक्का भएको छ । अघिल्ला वर्ष स्थानीय व्याण्डलाई प्राथमिकता दिएको महोत्सवले यो पटक स्थानीयसँगै राष्ट्रिय स्तरका दुईवटा व्याण्ड आउन लागेको खिचरा महोत्सव मूल आयोजक कमिटी संयोजक रामेश्वर चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार द इलिमेन्ट्स व्याण्ड र द स्याडोज नेपाल महोत्सवमा महोत्सवमा आफ्नो प्रस्तुतिदिन आउँदैछन् । यो सँगै अन्य थप ब्याण्डहरुसँग पछि छलफल भइरहेको छ ।
कुनकुन कलाकारको प्रस्तुती कहिले ?
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले दैनिक रुपमा प्रस्तुती दिनेछन् । माघ १ गते खिचरा पर्वको दिन हास्य कलाकार मनोज गजुरेल र लोकप्रिय गायिका अन्नु चौधरीको प्रस्तुती रहनेछ । सुमिका सरदार, सन्दीप सरदारको समेत प्रस्तुती रहने महोत्सव सह संयोजक रामचन्द्र चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार माघ २ गते द इलिमेन्ट्स व्याण्डको प्रस्तुती रहनेछ । यस्तै माघ ३ गते भोजपुरी कलाकार सुनिल पंण्डितको प्रस्तुती रहनेछ । यस्तै माघ ४ गते गायक कमल खत्री र मेलिना मैनालीको प्रस्तुती रहनेछ । दैनिक अन्य स्थानीय कलाकार र रत्ननगर कलाकारहरुको समेत प्रस्तुती रहनेछ । माघ ८ गते गायक मिलन लामा, मुना अर्याल, सम्झना लामिछाने मगर लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ । यस्तै माघ ९ गते धोकेवाज हौं तिमी………..गायिका एलिना चौहानको प्रस्तुती रहनेछ ।
खिचरा डान्स आईडल हुनेः
गतवर्षहरुमा जस्तै यो वर्षपनि खचिरा डान्स आइडल हुने भएको छ । खिचरा महोत्सवको सचिवालयमा पौष २७ गते खिचरा डान्स आइडल २०८० को प्रि अडिसन हुँदैछ । अडिसनवाट छानिएकाहरुको पहिलो राउण्ड पौष २९ गते हुनेछ । पहिलो राउण्डवाट छानिएकाहरु दोश्रो राउण्डका लागि माघ ३ गत प्रस्तुती देखाउनेछन् । दोश्रो राउण्डवाट छानिएकाहरुवाट फाइनल राउण्डमा प्रवेशगर्नेछन् । खिचरा डान्स आइडल २०८० को फाइनल माघ ६ गते हुन्छ । यसवाट एकजना खिचरा डान्स आइडल छानिनेछ । प्रथम, दोश्रो र तेश्रोहुने सबैलाई नगद सहित सम्मान पत्र प्रदान गरिने डान्स आइडलका संयोजक हरिशरण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार डान्स आइडलमा सहभागी सबैलाई प्रशंसा पत्र समेत प्रदान गरिनेछ ।
खैरहनी नगरपालिका वडा नं ५ गौरचनमा यहि पौष २८ गतेदेखि नवौं खिचरा महोत्सव आयोजना हुँदैछ । माघ १० गते सम्म आयोजनाहुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं। ७ ले जनाएको छ ।–00–