कारको टायर पड्कियर अनियन्त्रित भएर पल्टिदा कालिकामा एकजनाको ज्यान गयो

भरतपुर, ७ पौष । गुडिरहेको कारको टायर पड्किदा कार अनियन्त्रित भएर पल्टिदा चितवनमा एक जनाको मृत्यु भएको छ । शुक्रबार कालिका नगरपालिका वडा नम्वर १ लंकालाइनमा भरतपुरबाट खोलेसिमलतर्फ जाँदै गरेको बा ११ च ८७८९ नम्वरको कारको टायर पड्किदा अनियन्त्रित भइ नालिमा पल्टिएको थियो ।

 

दुर्घटनामा घाइते कार चालक कालिका नगरपालिका वडा नं. ५ बस्ने २७ वर्षका बिष्णु क्षेत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता बिजयराज पण्डितले जानकारी दिनुभयो । कारमा क्षेत्री मात्रै सवार हुनुहुन्थ्यो । शव परीक्षणका लागि भरतपुर अस्पतालको शबगृहमा राखिएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु