तीनवटा निर्माण व्यवसायीलाई १५ दिनभित्र सम्पर्कमा सार्वजनिक सूचना जारी

ठेक्काको खरिद सम्झौता अनुसार कामनगर्ने निर्माण व्यवसायीहरुलाई कालिकाले कार्वाहीगर्न थाल्यो

कालिका ५, मंसिर । ठेक्काको खरिद सम्झौता अनुसार तोकिएको अवधिभित्र योजनाको काम सम्पन्न नगर्ने तीनवटा निर्माण व्यवसायीलाई १५ दिनभित्र सम्पर्कमा आउन कालिका नगरपालिकाले सूचना जारी गरेको छ ।

सबैभन्दा धेरै ठेक्का खरिद सम्झौता गरेर सम्पर्क विहीनहुनेमा भरतपुर, १ स्थित अर्भान कन्ष्ट्रक्सन प्रा.लि रहेको छ । यो कम्पनिले कालिकाको ३ वटा योजना अलपत्र पारेर सम्पर्क विहीन छ । खरिद सम्झौता अन्त्यगर्ने बारे नगरपालिकाले जारीगरेको १५ दिने सार्वजनिक सूचना अनुसार मदन आश्रीत चोकदेखि पश्चिम कविता न्यौपानेको घर सम्मको बाटो कालोपत्रेगर्ने योजनाको ठेक्का खरिद सम्झौता २०७९ चैत्र मसान्तमा म्याद सकिएको छ ।

यस्तै तुलसी खनालको घर छेउदेखि भीम पनेरुको घरसम्म, यस्तै गोपीलामाको घर चोकदेखि उदयपुर सामुदायिक वन, काठेपुल देखि रुम्बा टोल सडक योजना समेत अलपत्र पारेको छ । यो तीनवटा योजनाको जिम्मा पाएको कम्पनिले कामनै सुरु नगरी नगरपालिकाबीच भएको खरिद सम्झौता अनुसार कार्यान्वयन नगरेको जारी सूचनामा भनिएको छ ।

यस्तै रत्नननगर –१० मा रहेको सेक्टर कन्सल्टेन्ट एण्ड डेभ्लपरलाईपनि सम्पर्कमा आउन नगरपालिकाले १५ दिने सूचनाजारी गरेको छ । नगरक्षेत्रका विभिन्न ठाउँमा कल्भर्ट निर्माणगर्ने ठेक्का खरिद सम्झौता गरेर सम्पर्कमा नआएको निर्माण व्यवसायीमाथी आरोप छ ।

यस्तै भरतपुर १० मा रहेको अनेष्ट कन्स्ट्रक्शनलाई पनि सम्पर्कमा आउन नगरपालिकाले १५ दिने सूचना जारी गरेको छ । खोलेसिमल बजारदेखि गुरौंचौर,कुमाल गाउँ टोल सम्म कालोपत्रे(प्रथमपार्ट)को ठेक्का खरिद सम्झौता गरेको अनेष्ट कन्स्ट्रक्शनले सम्झौता अनुसार कामनै सुरु नगरेको सूचनामा भनिएको छ ।

योजनाको ठेक्का खरिदगरी सम्झौता अनुसार निर्माण स्थल जिम्मा नलिई अलपत्र छोडेको, नगरपालिका कार्यालय तथा प्राविधिकवाट पटक –पटक काम सम्पन्नगर्नका लागि ताकेता गर्दा समेत सम्पर्कमा नआएकोले सम्पर्कमा आउनका लागि १५ दिने सूचना जारी गरिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो ।

सम्झौता अनुसार काम नभएकाले सम्बन्धित निर्माण व्यवसायीहरुको खरिद सम्झौता अन्त्यगरी बैंक जमानत जफतगर्ने र सार्वजनिक खरिद ऐन २०३६ को दफा ५९ को उपदफा १, ६ र ८ अनुसारको कार्वाही प्रकृया अगाडी बढाउन नपर्ने कुनै औचित्य पूर्ण कारण र आधारहरु भएमा सोको लिखित जानकारी सहित यो सूचना प्रकाशीत भएको मितिले १५ दिनभित्र नगरपालिकामा सम्पर्कमा भनिएको छ ।

–00–

 

Share:

सम्बन्धित समाचारहरु