भूकम्प अपडेट : मृतकको संख्या १३६ पुग्यो, १६५ घाइते

काठमाडौं, १८ कात्तिक । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुगेको छ ।

६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट १६५ घाइते भएका छन् ।

नेपाल प्रहरीका अनुसार जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन् । घाइते जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ जना रहेका छन् । घाइतेमध्ये ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ । २२ जनालाई सुर्खेत रिफर गरिएको छ ।

यस्तै रुकुम पश्चिममा घाइतेमध्ये ३० जना डिस्चार्ज भएका छन् । ४० जना उपचाररत रहेका छन् । १५ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगन्ज रिफर गरिएको छ ।—00–

Share:

सम्बन्धित समाचारहरु