वार्षिक साधरण सभामा बाल सदस्यलाई स्टेशनरी वितरण

खैरहनी, २८ असोज । खैरहनी नगरपालिका वडा नं. ८ मा रहेको संस्कार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पाँचौ वार्षिक साधारण सभामा ७० जना बालबालिकाहरूलाई स्टेशनरी वितरण गरेको छ ।

आज सम्पन्न भएको साधारण सभामा बाल बचत सदस्यहरूको पठनपाठनमा हौसला प्रदान गर्नका लागि संस्थाले कापी, कलम, सिसाकलम, इरेजर लगायतका सामग्री वितरण गरेका हुन् । यसअघि संस्थाले बाल सदस्यहरूको जन्मदिनको अवसरमा बर्थडे केक उपलब्ध गराउँदै आएका थिए ।

यसवर्षदेखि बालबालिकाहरूलाई पठनपाठनमा प्रोत्साहन गर्नका लागि स्टेशनरी वितरण गरेको संस्थाका अध्यक्ष हरिकुमार चौधरीले जानकारी दिए । त्यस अवसरमा उत्कृष्ट सदस्यहरूलाई नगदसहित सम्मान गरिएको थियो । सभामा संस्थाका कोषाध्यक्ष धन बहादुर दराईले वार्षिक आयव्यय प्रतिवेदन र अध्यक्ष हरिकुमार चौधरीले बजेट र नीति तथा कार्ययोजना पेश गरेका थिए ।

संस्थाका सल्लाहकार शंकरदेव चौधरी, सदस्य दीपा श्रेष्ठ, सदस्य रमेश श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

–00–

 

Share:

सम्बन्धित समाचारहरु